नेपाली ब्लगरको लागी ब्लग मन्त्रको एक मात्र भन्डार, खोजे जस्तो रोजे जस्तो मन्त्रहरु बिचराहरुको साझा चौतारी

User अकाउन्ट Password कसरी परिवर्तन गर्ने ?

Sunday, March 6, 2011

कम्प्युटरको युजर अकाउन्टको password थाहा नभए पनि यो तरिका बाट अकाउन्टको password चेन्ज गर्न सकिन्छ साथसाथै उक्त कम्प्युटरमा कति वटा युजर अकाउन्ट छन ( Hidden गरिएको समेट ) हेर्न सकिन्छ । यो trick यो कारणले पनि usefull छ कि यदि आफ्नो कम्प्युटरको आफ्नो युजर अकाउन्टको password बिर्सियो भने यही तरिका अपनाएर चेन्ज गर्न सकिन्छ ।

कम्प्युटरमा भएका सबै युजर अकाउन्ट हेर्न :
@ Start अनि Run मा क्लिक गर्नुहोस् र त्यहा CMD टाईप गर्नुहोस् ।
@ कम्प्युटरको command prompt विन्डो खोलिनेछ । त्यहा net users टाईप गर्नुहोस् र enter गर्नुहोस् । त्यहा कम्प्युटरमा भएका सबै युजर अकाउन्टहरु देखिनेछ ।

युजर अकाउन्टको password चेन्ज गर्न :
@ कम्प्युटरको administrative अधिकार भएको (administrator अकाउन्ट) खोल्नुहोस् र Start > Run र CMD टाईप गर्नुहोस् र enter गर्नुहोस् ।
@ त्यहा net users टाईप गर्नुहोस् र अकाउन्ट name अनी लास्टमा * टाईप गर्नुहोस् र enter गर्नुहोस् । जस्तै : net users administrator * अथवा net users "Joe Smith" * । यदि युजर अकाउन्ट name मा स्पेस छ भने अकाउन्ट नेम मा Quotes हाल्न नबिर्सिनुहोस् ।
@ अब त्यहा password माग्नेछ , नयाँ password टाईप गर्नुहोस् ( password टाईप गर्दा एकदम ध्यान पुर्याएर टाईप गर्नुहोस् किनकी command wimdow ले तपाईंले टाईप गर्नु भएको display गर्दैन । )
@ फेरी एक पल्ट password टाईप गरेर comform गर्नुहोस् ।
@ यदि तपाईंले "command succeeded successfully" भन्ने मेसेज पाउनु भयो भने तपाईंको password सेट भयो । 
                                                                                                                                    श्रोत : दिपक भण्डारी ब्लग 

0 तपाईंको बिचार लेख्नुस ।:

Post a Comment

सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।

 
◄Design by Pocket