यदी तपाईको आफ्नो कम्प्युटरमा कोही आएर दिक्क लाग्ने गरी घण्टौ एउटौ साईटमा अलमलि रहन्छ र तपाँई त्यसलाई हटाउन चाहनु हुन्छ वा नियतवस (कुनै) कम्प्युटरमा ( कुनै ) साईट नखुलोस भन्ने चाहनु हुन्छ भने आफ्नो कम्प्युटरको होष्ट फाईल मोडीफाई गरी दिनुहोस । टन्टै साफ ! यसो गर्नलाई कुनै ठुलो ज्ञानको जरुरत पर्दैन । दिए अनुसार गर्नुहोस ।
- C:\Windows\System32\Drivers\etc भन्ने फोल्डरमा पुग्नुहोस ।
- त्यहाँ hosts भन्ने फाईल हुनु पर्छ त्यसलाई openwith गरेर नोटप्याडमा खोल्नुहोस ।
- 127.0.0.1 localhost लेखेको ठिक्क मुनी 127.0.0.1 लेखेर आफुले ब्लक गर्न चाहेको साईटको ठेगाना लेख्नुहोस । (e.g. www.domain.com)
- अब त्यहाँ यस्तो लेखेको देख्न सक्नु हुन्छ ।
127.0.0.1 localhost
127.0.0.1 www.domain.com
यदी यस्तो लेखेको देख्न भो भने सम्झीनुस भयो । अब यसलाई सेभ गर्नुहोस ।
श्रोत :साइवर चौतारी
0 तपाईंको बिचार लेख्नुस ।:
Post a Comment
सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।