नेपाली ब्लगरको लागी ब्लग मन्त्रको एक मात्र भन्डार, खोजे जस्तो रोजे जस्तो मन्त्रहरु बिचराहरुको साझा चौतारी

कामलाई उमेरले छेक्दैन

Friday, March 25, 2011

-रमण घिमिरे

विसं २०५८ को कुरा हो । वेबसाइट डिजाइन गर्दागर्दै उनीभित्र एउटा सोच उत्पन्न भयो । त्यही सोच अनुसार उनले सात जना साथीहरूसँग मिलेर एउटा संस्था बनाए, कोयोन अर्थात् कोअपरेटिभ युथ अर्गनाइजेसन नेपाल । संस्था त सबैले खोलेका छन्, उनले पनि खोले । तर, उनको उद्देश्यचाहिँ अरूभन्दा फरक थियो । उनले आफ्नो वेबसाइटमा कोयोनका बारेमा मात्रै जानकारी राखेनन्, आफ्नो जन्मथलो धादिङका विद्यालय भवनको दुरावस्थाबारे पनि लेखे । यो जानकारी झिल्कोबाट डढेलो भएर फैलिएछ । नेपाललाई माया गर्ने एक जर्मनले उनको वेबसाइटमा तुरुन्तै लेखे, "कस्तो सहयोगको अपेक्षा गरेका छौ ?" उनले लेखे, "म एउटा पुस्तकालय भवनको निर्माण गर्न चाहन्छु ।" ती जर्मन भलाद्मीले उनलाई तुरुन्तै ३५ हजार रुपियाँ पठाइदिए ।

दिनेशकुमार कँडेल अर्थात् रवि ती जर्मन नागरकिको सानो सहयोगबाट उत्साहित भए । त्यही उत्साहको भरमा उनी अहिले धादिङका दुर्गम गाउँमा पाँचवटा विद्यालय र एउटा कलेज निर्माण गर्न सफल भएका छन् । भन्छन्, "ती जर्मनसँग अनलाइनमा कुराकानी हुन्छ तर आजसम्म भेट भएको छैन ।"

बरु इटालियनहरूसँग चाहिँ उनको लगातार भेट भइरहन्छ । तिनीहरूले रविको वेबसाइट पढेर 'हनुमान अनसुल' नामक संस्थामार्फत पहिलोपल्ट बालबालिकाका लागि लुगाफाटो पठाइदिने आश्वासन दिए । उनलाई नेत्रहीनले दृष्टि पाएझैँ भयो । उनले इटालियनहरूले पठाइदिएका सारा कपडा दलित र गरबि नानीहरूलाई वितरण गरििदए । यसले त्यस भेगमा उनको प्रतिष्ठा बढ्यो । इटालियनहरूले कपडाको अर्को खेप पनि पठाए । त्यो कपडा बाँडेपछि समाजसेवाप्रति रहेको उनीभित्रको भावनालाई गाउँलेहरूले बुझे । अनि, ती इटालियनहरूलाई उनले प्रस्ताव राखे, "अब तिमीहरू कपडा होइन, यी कपडा लगाउने बालबालिकाहरूका लागि विद्यालय भवन बनाउन सहयोग गर ।"

वास्तवमा यतिबेलासम्ममा रविलाई विद्यालय भवन बनाउने र खोल्ने नशा नै चढिसकेको थियो । ती इटालियन नागरकिहरूको सहयोगमा उनले छवटा विद्यालय भवन निर्माण गरे । उनले धादिङको बेनीघाट गाविसमा चन्द्रोदय मावि, चन्द्रोदय बहुमुखी क्याम्पस, वसन्त प्रावि, भैरवी प्रावि, रचिोक इराङ प्रावि तथा जनगाउँ प्रावि नामक छवटा विद्यालयहरूको जीर्णोद्वारका साथ नयाँ भवन पनि निर्माण गरे । जनगाउँ प्राविको भवन निर्माणको त आफ्नै कथा छ । यो प्रावि डाँडोको टुप्पोमा भएकाले यसको भवन निर्माणमा पानीको व्यवस्था हुन नसक्ने भयो । तर, विद्यालय भवन त बनाउनु नै थियो, जसरी भए पनि । अनि, उनी बर्खाको प्रतीक्षामा बसे । र, आकाशेपानीबाट त्यो भवन निर्माण गरछिाडे ।

एउटै गाउँमा चन्द्रोदय नाम गरेका दुइटा विद्यालय थिए । रविले एउटालाई क्याम्पस बनाए । भन्छन्, "अब हामी यसलाई कृषि विश्वविद्यालयका रूपमा विस्तार गर्ने उद्देश्यका साथ लागिपरेका छौँ ।"

विद्यालय निर्माणको क्रम तीव्र भएका बखत उनी एकपल्ट इटाली पुगे । हनुमान अनसुलका सबै सहयोगीहरू ब्यांकमा काम गर्दा रहेछन् । र, कार्यालय समयपश्चात् 'नेपाली विद्यालयको सहयोगार्थ' भन्ने तूल टाँगेर पुस-माघको ठिहीमा फुटपाथमा बसेर लगन र निष्ठाका साथ नेपालबाट लगेका हस्तकलाका सामानहरू बेच्दा रहेछन् । यसले रविको मुटु कटक्क खायो । यति मिहिनेत गरी यिनले कमाएर पठाएको एक पैसा पनि हिनामिना गर्‍यो भने पाप लाग्छ भन्ने आत्मज्ञान जागृत भएपछि उनी नेपाल फर्के र पहिलाभन्दा झन् जाँगर र मिहिनेतका साथ धादिङका नानीहरूलाई पठनपाठनका लागि चाहिने भौतिक पूर्वाधारहरू निर्माण गर्न तल्लीन भए ।

यसै क्रममा उनले बाख्राका खोरजस्ता छाप्रालाई पक्की भवनमा रूपान्तरति त गरे गरे, ३५ जना दलित बालबालिकालाई निःशुल्क शिक्षा, पुस्तक, कपडा र खानाको समेत व्यवस्था गरििदए । यहाँ विशेषतः चेपाङ, सार्की, विश्वकर्माहरूको बाहुल्य छ । तर, जति नै प्रयत्न गरे पनि महिलाहरूलाई चाहिँ स्ााक्षरभन्दा माथिल्लो तहको शिक्षा दिन सकेनन् । भन्छन्, "१२/१४ वर्षकै उमेरमा किशोरीहरूको विवाह हुने परम्पराले गर्दा यिनको शिक्षामा भने गतिलो योगदान पुर्‍याउन सकिरहेका छैनौँ ।"

अहिले रवि कँडेल भर्खर ३१ वर्षमा टेक्दैछन् तर उनले सँगालेको अनुभवले भन्छ, उनी कुनै पाको मान्छेभन्दा कम छैनन् । कामलाई उमेरको हदबन्दी हुँदैन पनि । शिक्षाबाहेक स्वास्थ्य र बालबालिका कल्याणमा पनि त्यत्तिकै सक्रिय उनको कोयोन अहिले धादिङका लागि वरदान सिद्ध भएको छ । रविका विचारमा कुनै पनि कामप्रति उत्कट अनुभूति भयो भने जुनसुकै क्षेत्रमा पनि मानिसले सफलता हासिल गर्न सक्छ । उनी आफैँ यसका उदाहरण हुन् ।

0 तपाईंको बिचार लेख्नुस ।:

Post a Comment

सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।

 
◄Design by Pocket