नेपाली ब्लगरको लागी ब्लग मन्त्रको एक मात्र भन्डार, खोजे जस्तो रोजे जस्तो मन्त्रहरु बिचराहरुको साझा चौतारी

म, प्रजातन्त्र र मेरो बिचारहरु..........!

Monday, March 14, 2011

लेखक: राम कुमार राई
आर्ट : योगेन्द्र उपाध्याय "पुष्प"
 केही लेख्ने अभिप्रायले मेरो ल्यापटपको किबोर्ट बट्ममा मेरा औलाहरु सकृय भए, मेरा जिवनका केही कालखण्डहरुलाई ल्यापटपको भितामा रङाउने बिचारहरुको बहस हुन थाल्यो । मनमस्तिकमा । केही अगाडीसम्म म भित्र कुनै विषय वस्तु थिएन । अब म रम्न थाले, आफ्नै जिन्दगीको भुतकालसग............!
त्यसताका म सानै थिए, के हो राजनिती के हो प्रजातन्त्र थाहा थिएन । स्कुलबाट पन्चायत दिवसको दिन, हामीलाई लामलस्कर लगएर नारा लगाउदै, अन्जानमै पन्चायत पक्षपोषण गरिन्थियो । बाल्यकाल भएको ले म र मेरा साथीहरु फुरुङ हुन्थियौ । एक त पढनु नपर्ने दोश्रो सुन्तले चकलेट खान पाउने । त्यस बेला झापा एक त कम्नियुस्टको लालकिला थियो त्यसैले होला । मध्यराततिर सबै गाउले बसेर, टेपमा अडियो चक्का हालेर जे बि टुहुरेको जनवादी गीत सुन्थे । मेरो मनस्पटलमा अलि अलि याद छ त्यसताका सायद् पिस्करमा गोलिकाण्ड भएको हुनु पर्छ । त्यस गीतको भाव त्यसतै थियो । म र मेरा दौतेरीहरु पनि सुन्थ्यौ । दाईहरुले त्यतिबेला भन्नु हुन्न है, कसैलाई भन्नु हुन्थियो । हुन्छ भनेर हामी सबै टाउको हल्लाउदै सहमति जनाऊ थियौ । २००७ सालमा प्रजातन्त्र आएको थियो रे, फेरी प्रजातन्त्र ल्याउने रे । त्यो भन्दा पहिला त झन् राणा शासन थियो रे त्यसताका त कसैको चेलिबेटी एक्लै हिडन र धनमालको सुरक्षा गर्नै कठिन हुन्थियो रे । मुमाहरुले कुरा गरेको सुन्थे । पुरानोहरुको वयान हुन्थ्यो ।

म त्यसबेला स्कुल पढन डेरा लिएर दमकमा बस्थे, त्यो घरमा म एक्लो थिए । एउटा साथी थियो, उ पनि घर गएको थियो । म होटेलमा खाना खाने भएकोले अल्छि मान्दै अलिक ढिलो उठे । आफ्नो दिनचार्य सकेर, म सधै झै होटेलतिर लम्के । गाडीहरु पनि दौडेको थिएन । दोकानहरु पनि बन्द थिए । होटेलहरु पनि बन्द थियो । आखाहरु चारैतिर हुत्याय तर चकमन्न थियो । त्यत्रो लमतन्न् सुतेको सडकमा म र केहि पैदलयात्रीहरु मात्र फाट्फुट हिड्दै थियौ । यस्तो त कहिल्यै भएको थिएन? म मन मनै गुन्दै थिए । सडकको छेउछाउ कतै कतै कालो धजा फर्फराइ रहेको थियो । कता बाट म धन्न होटेलको पिछाडी पट्टी पुगे छु । अहिले मलाई ठ्याक्कै हेक्का छैन । कसरी त्याहा पुगे ! म होटेल भित्र पुग्दा खाना खादै रहेछन् होटेल साहुहरु । म पनि उनिहरु सगै गुन्द्रुक् र भात खाए । त्यतिबेला मलाई गुन्द्रुक् ठयाक्कै मन् पर्दैन थियो । बल्ल मैले गाठी कुरा थाहा पाए । प्रजातन्त्रकोलागि आन्दोलनको सुरुवात भएको रहेछ । यसरी नै केहि दिन बन्द भयो । त्यतिबेला सन्चार माध्यम भनेको एउटा रेडियो थियो । त्यो पनि म सग थिएन । गाडी बन्द भएकोले स्कुलको त मलाई चिन्तै भएन किनकी म उर्लाबारीमा पढ्थे । साथी घरबाट आउने कुरै भएन । अब म एक्लै दिनहरु ब्यतित गर्न थाले । होटेलमा महिनावारी खाने, भएकोले खानको समस्या भएन तर पनि होटेल साहुले समयमै खाना खान आउनु भनेकोले गर्दा समयमै पुग्थे । बा-आमालाई सम्झन्थे । उहाहरु ईटहरी बस्नु हुन्थ्यो । जुन म जान सम्भव नै थिएन । केहि दिन पश्चात त प्रजातन्त्र आएछ । सियो खस्दा सुनिने ठाउमा त आज बिहानै देखि, नाराजुलुस पो रहेछ । मलाई थाहा भएन कस्तो भयो आन्दोलन, काहा के भयो? तर हाम्रो नेपाल र नेपाली जनताले प्रजातन्त्र ल्याई सकेछन् । म पनि ढुक्क भए अब त जे खोजेका थिए नेपली जनताले पाए । सकिए छ आन्दोलन भने । स्कुल पनि लग्न थाल्यो । घर गएर बुबा आमालाई पनि भेटेर सकुसल भएको जानकारी गराए । त्यस पश्चात म पनि उर्लावारी मै डेरा लिएर बस्न थाले, त्यस घरमा हामी सबै विधार्थी नै विधार्थी थियौ । स्कुलदेखि कलेज स्तरको, सबै कम्निष्टका थिए, म पनि अब त बुझने भै सकेको थिए । साथीसङीको सगतले झुकाव बढदै गयो । चासो लिन थाले । आमसभा तिर कुदन थाले । बिराटनगरमा मामाघर भएकोले आउने जाने क्रम हुन्थियो । यस्तै शिलशिलामा एक दिन बिराटनगरमा सभा थियो । हजारौ मानिसको भिड थियो त्यसमा म पनि सरिक भएको थिए । त्यसताका नै मैले स्वर्गीय मदन भण्डारीलाई देखेको थिए । उहाको भाषण सुने, त्यसमा एउटा जादु थियो । आफुमा एउटा उर्जा आएको जस्तो भयो, मेरो खुनहरु उम्लिएको जस्तो लाग्यो । भाषणमा एउटा अनौठो शक्त्ति थियो । सायद सबैलाई त्यसतै भएको थियो ।

पुन फेरि बिराटनगर मै विशाल आम सभा थियो । पुन, म पनि त्यहा सरिक भए, सत्तामा काङ्रेस थियो । सातदल नै एउटा भएको जस्तो लग्थियो । त्यसकै विरोध हुदै थियो । अब सभा, सभा रहेन एउटा जुलुसमा परिवर्तन भयो । म रिक्सामाथि बसेर माइकमा नारा लगाउदै थिए, जुलुसको मध्य भाग तिर जुलुस विरेन्द्र चोक पुगि सकेको थियो । बाटोमा काङ्रेसको गाडी जलाए, अस्त्रु ग्यासको वर्षा भयो । सबै जुलुस तितरबितर भयो । मेरो रिक्सा र माईक कता पुग्यो, थाहा भएन । व्ल्ल तल्ल घर पुगियो । नेताहरुलाई पक्रेर डि यस पि कार्यलय लगेछन । चियापान गरेर बेलुकी छाडेछन् । पछि त मदन भण्डारी र जिवराज आश्रीतलाई पनि षड्यन्त्र गरेर, दासढुङामा डुबाए । अब त एवम रितले नेपालको राजनिति चल्न थाल्यो , बन्द हडताल...........! केहि समय पश्चात, म पनि विदेश तिर लागे । विदेशबाट फर्किदा हाम्रो माहानगरीमा  केहि सुधार गरेका थिए । यस्को देन केशव स्थापितको थियो रे । अरु त के भनौ जस्ताको त्यसतै । ८ वटा पर्टी छाडेर गएको, च्याउ झै पो भएछन । म पुन विदेश लागे । पुन फर्किदा त कुनै पार्टी जङल पसेछन् । कसैले घरवार छाडेछन् र कोहि सहर पसेछन् । कोही सहिद भए छन् । यस्तै क्रम चलि रहयो । यसरी नै चल्दै रहेछ ! नेपाली राजनीति सङ्रामहरु
म पनि केहि गर्नु पर्यो भनेर, माहानगरी छिरे । मलाई पनि अब त बन्द हडताल, दुङामुडा सामन्य झै लाग्न थाल्यो, म पनि त्यसैमा समाहित हुनथाले । फेरि राजसस्थालाई फाल्ने र माओवादी सत्तासीन कसरत सुरु भयो । केहि दिन पछि ...... ! नेपाल बन्द भन्ने बिहानै थाहा थियो । अब दोकान पनि बन्द के गर्ने दाई आउनु भयो । जौ जुलुस हेर्न भन्दै चोक तिर लाग्यौ । जुलुस भक्तपुरबाट आएको थियो ।  जुलुसमा हजारौ थिए । हामी पहिला त जुलुस हेर्दै थियौ पछि त हामी पनि त्यहि जुलुस सगै पछि पछि लागे छौ । बानेश्वरमा जुलुसलाई रोक्ने प्रयास गरे तर सफल भएन । माईतिघर पुग्दा त त्याहाको चौरभरी सस्त्र प्रहरी तैनाथ गरिएको थियो । सिहदरवार तिर जान रोक लगाए । त्यसैले जुलुस थापाथलि तिर मोडियो । थापाथलि चौकमा मात्र के पुगेका थियौ । माथि आकासमा हेलिकप्टर आयो । कता बाट हो कुन्नि गोलिको वर्षा भयो । कोहि ढल्दै थिए, कोहि भाग्दै थिए म र म सग नारा लगाउने पनि आफ्नो ज्यान जोगाउन एउटा घरमा लुक्यौ । राति मध्य रातमा राजसस्था पनि समाप्ति भएको घोषणा भयो । फेरि खुशियालिमा नारा जुलुस.............!

अब त देशमा केहि स्थिर हुन्छ भन्ने आशा पलायो । तर आन्दोलन त कहा सकिएको रहेछ र? पहिला पो प्रजातन्त्रको लागि गर्थे आन्दोलन । अब त कुर्सीको लागि तछाड मछाड गर्न् थाले पार्टीहरु, पार्टीहरु पनि कति भए कति पहिला त कम्निष्ट र काङ्रेस थियो  । अब् त आन्दोलन नै आन्दोलन ! के नेपली जनताले खोजेको प्रजातन्त्र र जनादेश यहि हो ? सानो झगडा देखि लिएर ठुलो डकैती सम्ममा सामेल भयो राजनिति ! राज्यको निति वा राजाको निति नै अपभ्रमित भएर सायद भएको होला, राजनिति ! पहिला राणा शासनलाई दोष दियौ, पछि राजालाई, अस्ति कम्निष्टलाई अनि कङ्रेसलाई अनि माओवादी, अब कस्को थाप्लोमा हाल्छौ ?
   राज्यको ढुकुटी माथि सान सँग मस्ति गर्ने प्राय: बनेको छ, आजकाल राजनीति ! स्वच्छन्द र निस्पक्षताको पक्षपाती भएर लड्ने, थुप्रै योद्दाहरुको वलिदानको दुरुपयोग भै सकेको छ राजनीति  रगतको मूल्य भित्र जन्मिएको हुर्केको कलिलो प्रजातन्त्र माथिको कुठाराघात हो राजनीति अनैतिक, असभ्य र अप्रजातान्त्रिक माहोलको एउटा नमिठो खिचडी भएको देख्छु । आजकलको राजनीति खै र भलो देशको लागि भनेर यूद्दको मोर्चामा दौडिदा शाहदत भेटेकाहरु, आज शहीदको सस्तो शव्दको पगारी लगाएर तीनै शहीदहरुको वलिदानको ओत भित्र निप्रास बाँचेको यो राजनीति अब त शव्द सुन्दा पनि घृणा जन्मिन्छ मनै भरी । बरु मेरो सुन्दर जीवनको पूवार्धमा एउटा जैविक फूल फूलाउन प्रेरित छन । अब मेरो व्यक्तिगत आकाक्षा त्यसैले कहिले प्रदेशको आँगन कुर्छु । थोरै पैसा कमाउछु । कहिले आफ्नै जमिन जोत्छु थोरै अन्न फलाउछु । अब त म आफैमा रमाउन, मन लाग्छ । जति छ जस्तो छ त्यसैमा रमाउछु । जीवनको पूवार्ध सम्म खुशी रहन । मैले थुप्रै मुल्य चुकाएको छु । वस अब मेरो जीवन र म वस ...........!      
  

0 तपाईंको बिचार लेख्नुस ।:

Post a Comment

सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।

 
◄Design by Pocket