नेपाली ब्लगरको लागी ब्लग मन्त्रको एक मात्र भन्डार, खोजे जस्तो रोजे जस्तो मन्त्रहरु बिचराहरुको साझा चौतारी

बिचारहरुको साझा चौतारी ब्लगको रङरोगन-मन्त्र

Friday, March 4, 2011

वर्डप्रेस, ब्लगर  र उईव्ली जस्तो सन्जालमा हामीले निशुल्क ब्लगहरु बनाउन सक्छौ । यस मध्य कुनचाहिँमा ब्लग बनाउन वा चलाउनु उपयुक्त हुन्छ भन्ने बारेमा छलफल गर्दैछु । मानिस सचेत प्राणी भएकोले गर्दा आफुले गरेको बनाएको राम्रो होस् भन्ने चाहना हुन्छ । त्यसैले यस सम्बन्धी जानकारी लिन जरुरी छ । यहाँ नेपाली ब्लग गुरु ( ब्लगर ) दिलीप आचार्यजी "मेरो विचार र अभिव्यक्तिको साझा चौतारी”  र सालीम सुब्बाजी "नमस्ते संसार” लाई भन्दा उपयुक्त होला । उहाँहरु को चर्चा गर्न जरुरी छ एक पल्ट सर्सर्ती हेर्नुस् त कस्तो छ यी दुई ब्लगको रङरोगन ? कुनै वेबपेज डिजाइनरको भन्दा काम छैन यी ब्लगहरु । उहाहरु सँग सल्लाहा लिन सक्नु हुनेछ । आगामी लेखहरुमा म सँग भएको ब्लग सम्बन्धी जानकारी तपाईंहरु लाई उपलब्ध गराउने छु । मेरो ब्लग पनि त्यही नापनक्सामा ढालेको छु । कतै त्रुती भए होला त्यसलाई सम्सोधन गर्दै लैजाने छु ।
                         ब्लगको रङरोगन वा टेम्प्लेट कस्तो राख्दा राम्रो हुन्छ भन्ने कौतुहलमा महिनौ बित्दो रहेछ मैले पनि धेरै प्लेटफार्महरु www.weebly.com,www.wordpress.com र www.bloger.com हेरे र वर्डप्रेसमा एउटा ब्लग पनि बनाए ( पुरानो वर्डप्रेसको ब्लग ) तर पनि म त्यती मै सन्तुष्ट हुन सकिन त्यसैले म ब्लगरमा सामेल हुन आई पुगेको छु । जती सुबिधा ब्लगरले उपलब्ध गराएको छ, त्यती सार्हो लचकता र सरलता अरुमा पाईन । ब्लगरमा ले-आउट र ग्याजेडहरु  धेरै हुनुको साथै HTML Code लाई परिवर्तन गर्न सक्नु यसको मुख्य बिशेषता हो र अर्को बिशेषता भनेको javascript हो किन भने javascript मा प्राय जस्तो ग्याजेडहरु उपलब्ध छन । त्यसैले धेरै जस्तो नेपाली ब्लगको सख्या ब्लगरमा उपलब्ध छन । ब्लगरमा नयाँको लागि हैरान पार्ने भनेको टेम्प्लेटले हो, अहिले पनि धेरै ब्लगरमा भएको ब्लगहरुको टेम्प्लेटमा ग्याजेडहरु भित्र बाहिर नमिलेको देख्न सक्नु हुन्छ । यदी तपाईं पनि ब्लग सुरु गर्नु हुँदै छ भने र पुरानो ब्लगमा सुधार गर्न चाहनु हुन्छ भने यहाँ बाट Template Download गर्न सक्नु हुने छ । जस्को आकार मेरो जस्तो हुने छ । ख्याल गर्नुहोस् । यदी तपाईंको पुरानो ब्लग हो भने तपाईंको ब्लगको टेम्पलेट राख्न नभुल्नु होला । तपाईंले यहाँ बाट डाउनलोड गर्नु भएको टेम्पलेटलाई अब अपलोड गर्नुहोस्, गरी सक्नु भयो भने अब पुरानो ग्याजेडहरु लाई संचित गर्न र मेटाउन सक्नु हुने छ, तपाईं फर्मेटिङ्को अन्तमा हुनु हुन्छ । टेम्पलेटलाई अब संचित गर्नुहोस् ।   

  

0 तपाईंको बिचार लेख्नुस ।:

Post a Comment

सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।

 
◄Design by Pocket