नेपाली ब्लगरको लागी ब्लग मन्त्रको एक मात्र भन्डार, खोजे जस्तो रोजे जस्तो मन्त्रहरु बिचराहरुको साझा चौतारी

फेसबूक ४३२
लेख

Tuesday, April 5, 2011

-राम कुमार राई

मेरो जीवनको मध्यपृष्ट बाट ! पल्ट्याउदै जादाँ एका एक म मेरो फेसबूकको भुगोल भित्र अल्झेको भेटे । जहाँ मेरो रुपको चर्चा थियो, मेरो यौवनमा मोहित थिए, म मा समाहित हुन चाहन्थे, यि हजारौं युवाहरु ...! शायद मलाई हैन मेरो यौवनको नशामा डुब्न चाहन्थे । प्याला झै रित्याउन चाहन्थे । चुरोटको खिल्ली झै खरानी बनाउन चाहन्थे । कलिलो फूललाई भवराले चुसे झै मेरो जवानी लुटन चाहन्थे । न देखेको न चिनेको प्रेम प्रस्तवको पत्रहरु कोर्छन । न त म उनिहरुको प्रतिउतर नै दिन सक्छु ? किन ??? एउटा प्रश्न वाचक .... हजारौं आँखाहरु मेरो प्रतिक्षामा हुन्छन । मेरो मेसेन्जरको ट्याबहरु, मकै भुटे झै उफर्न्छन । सायद निरास हुन्छन मेरो शुन्यताले । मन खिन्न पार्छन होला मेरो मौनताले । हो तिमीहरुले रोजेको बाटोको लक्ष्य त्यही हो । शुन्य पछाडि के छ को छ । मेरो तस्विरले शायद तानेको हुनु पर्छ ? म त बल्ल १७ वर्ष टेक्दै छु । मेरो बैस फूली सकेको छैन,  फेसबूकको ढोका खोल्दा मेरो मेल बक्समा, सधैं २०,२५ वटा प्रेम प्रस्तावको पत्र हुन्छन । कसैले फोन नम्बर मागेका हुन्छन । जुन म सँग छैन, न त म दिन नै सक्ष्यम छु ।  के सुन्दर हुनु अभिस्राप हो ? म अनलाइनमा त बस्ने कल्पना पनि गर्न सक्दिन ! किन कि प्रश्नको बर्षा हुन्छ ? कल्पना गर्छु अरु केटीहरु कसरी बस्छन होला ?? यो मेरो जिज्ञासा हो । के फेसबूक भनेको बिक्रिती फैलाउने अखडा हो ? घृणा जागेर आउछ । मेरो फेसबूकको पानामा, म सँग जोडीन आउनेको सख्या अहिले ४३२ पुगेको छ । जसलाई मैले प्रयोग गर्दिन । ४ महिनाको अवधिमा । म सँग जोडीन आउनेलाई मात्रै जोडी दिन्छु । कस्तो दुनियाँ हो यो ?? कस्तो सन्तुष्टी हो यो ? साथी हो फेसबूकको सही उपयोग गरौ ।


(नोट:- पाठकहरु यो कसैको कथा हैन, आजको वास्तविता हो, मैले नै कसैको फेसबूकमा ५०००, ६००० देखे मित्र सख्या, त्यसैले प्रयोगको लागि १७ बषे युवतिको आइ डी  बनाएर सन्चालनमा ल्याएको थिए । आजको युवा पिढी कता लमक्दै छन त ? त्यसैको नालीवेलीको उपज हो यो लेख। )

0 तपाईंको बिचार लेख्नुस ।:

Post a Comment

सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।

 
◄Design by Pocket