नेपाली ब्लगरको लागी ब्लग मन्त्रको एक मात्र भन्डार, खोजे जस्तो रोजे जस्तो मन्त्रहरु बिचराहरुको साझा चौतारी

भेडेटार पर्यटक गन्तब्य (परिचय)

Tuesday, March 8, 2011

भेडेटार
पूर्वी नेपालको एउटा गन्तब्य, एकपल्ट पुग्नै पर्ने स्थान, एउटा अलग परिचय भेडेटार । दिनप्रतिदिन पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्दै गइरहेको भेडेटार प्राकृतिक सौन्दर्यका लागि कहलिएको स्थान हो।

भेडेटारबाट मकालु, मनास्लु, ल्होत्से र कुम्भकर्ण हिमालको दृश्यावलोकन गर्न सकिन्छ। यहाँबाट धनकुटा बजार मात्र होइन, सेती र सर्दुको बीचमा रहेको धरानको मनमोहक दृश्य पनि अवलोकन गर्न सकिन्छ। कामको व्यस्तता र थकान बिर्सन प्रत्येक शनिबार भेडेटार पुगेर मनोरञ्जन गर्ने र पिकनिकमा रमाउनेहरूको भीड बढ्दो छ यहाँ। पर्यटकहरूले खासगरी भेडेटारबाट सूर्यास्त हेर्न मजा आउने बताउँदै आएका छन्। भेडेटारको अर्को आकर्षण भनेको यहाँ रहेको 'चाल्र्स टावर' हो। टावरबाट समथर तराईका फाँट, वरपिरकिा हरयिाली, डाँडाकाँडा र रोमाञ्चक सूर्योदय अवलोकनको अवसर मिल्छ।


छिनछिनमा हुने मौसम परविर्तनले भेडेटार पुगेका पर्यटकलाई नौलो आनन्द प्रदान गर्छ। समुन्द्री सतहदेखि १ हजार ४ सय ३० मिटरको उचाइमा अवस्थित भेडेटार धरानदेखि १६ र उत्तर धनकुटादेखि ३२ किलोमिटर दक्षिणको सुनसरी र धनकुटाको संगमस्थलका रूपमा रहेको छ। एकैछिनमा चर्को घाम लाग्नु र एकैछिनमा कुहिरोले ढाक्नु भेडेटारको प्रमुख विशेषता मानिन्छ।

अनौठो हावापानी भएको सुनेर नेपाल भ्रमणमा आएका बेलायतका राजकुमार चाल्र्स २०४० सालमा भेडेटार आएका थिए। उनले 'भेडेटारको अग्लो चुचुरोमा चढ्नु सगरमाथा चढ्नु बराबरको आनन्द भएको' प्रतिक्रिया दिएका थिए। पहिलोपटक विदेशी पर्यटक आएर चुचुरोमा प्रवेश गरेका कारण उक्त चुचुरोको नाम नै 'चाल्र्स प्वाइन्ट' राखिएको हो। अहिले सोही चुचुरोमा ३० फिट अग्लो 'टावर' बनाइएको छ।

0 तपाईंको बिचार लेख्नुस ।:

Post a Comment

सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।

 
◄Design by Pocket