नेपाली ब्लगरको लागी ब्लग मन्त्रको एक मात्र भन्डार, खोजे जस्तो रोजे जस्तो मन्त्रहरु बिचराहरुको साझा चौतारी

म र मुङ्लान
लघुकथा

Saturday, March 12, 2011

लेखक: राम कुमार राई
जिन्दगीलाई राम्रो सँग गुजारा गर्ने विकल्प धेरै खोजे तर यसको हल भएन ? के गरौ ? कसो गरौ भन्ने तानाबुनामै, जीवनको घडीहरु बित्दै थियो ? अब त म पनि एक्लो थिइन, किन की मेरो जिवनमा कसैले डेरा जमाई सकेको थियो। अनि हाम्रो पनि पलुवा पलाई सकेको थियो । म बाट हाम्रो र अब हामी हुदै थियौ । दिन प्रतिदिन घरवारीले, जिवन धान्न मुस्किल हुदै थियो । साझ खाना खादा श्रीमतीले भनिन तल्लो घरको दाईले विदेशबाट पैसा पठाए रे । यस वक्यले मेरो मुटुमा कता, कता घोच्यो ! म निरिह भए ! मन पोल्यो, भत भती..........!


हाम्रो काले पनि अब त कुदने, भयो । आफुले त राम्रो सग पढन सकिएन ? राम्रो सग कालेलाई पढाउ भन्ने सोच पनि तुहिएला जस्तो छ । यस्तै नानाथरी कुरा मनमा खेल्थे । मन भारी हुन्थ्यो । यस्तै थियो रितीको रिवाज । गरिवी भित्र चाहेर पनि के गर्न सक्थे । सुत्ने बेलामा सुनाई, कालेकी आमाले तल्लो घरको भाउजुले सहर गएर साडी र गहना किनिन रे ! अब त मलाई बानि भयो । ती शव्दहरुको..........! आफ्नो परिवारलाई खुशी देख्न चाहन्थे । आफ्नो दयित्व पुरा गर्न चाहन्थे । तर पनि मन, मनै आफैलाई धिकार थिए अफ्नो जिवनलाई, कस्तो कर्म लिएर आए छु भन्ने लाग्थो ।

तल्लो घरे काईलासग बाटैमा झम्काभेट भयो । सुटबुट कसेर, चिन्नै गर्हो भयो मलाई त ! कस्तो परिवर्तन भएको ? उनले नै प्रश्न तेर्साए - के छ, सन्चै हो ? मैले पनि प्रतिउतरमा - आरमै हो भने । उनै बाट थाहा पाए । भर्खरै आउदै रहेछन् बिदेशबाट र तिमी फुर्सद छौ भने म सग हिड तिमी सग केहि कुरा गर्नु छ भने, म पनि फुर्सद नै भएकोले उनको कुरामा सहमति जनाउदै उनको पछि पछि लागे । उनले बिदेशको बारेमा धेरै जानकारी गराए साथै उनले बिदेशबाट भिसा ल्याएका रहेछन् । तर त्यस वापत उनलाई ६० हजार दिनु पर्ने रहेछ । उनले पनि भिसा किनेका रहेछन् । के बिचार छ भने तिम्रो न भए अरु लाई नै बेच्ने कुरा गरे । मन उथलपुथल भयो । कालेकी आमासग सल्लाह गरेर भोलि बिहान निक्योलमा पुग्ने भने । अनि म घर तिर लागे । मेरो भुईमा खुट्टा थिएन । म बिदेश नै पुगे झै लाग्यो । कालेकी आमा गोठालाबाट आई पुगेकी रै न छ । कहिले आई पुग्छ र सुनाउ झै भयो । बल्लतल्ल आई पुगी । अनि बेलिबिस्तार लगाए सबै कुरा एकै सासमा । दुबै खुशि भयौ तर अब समस्या आयो पैसाको, कसरी जोहो गर्ने ? ती भर्खर देखेको सपना, छताछुल्ल भयो । यत्रो ठुलो रकम काहा बाट ल्याउने ? मैले देखेको प्रतेक सपनाहरुमा मात्र किन प्रश्न बाचक किन ? रातभर निन्द्रा लागेन । छटपटिमा रात बित्यो । विकल्प कतै, केही पाईन ।


बिहानै नियाउरो मुख लगाएर तल्लो घर तिर लागे । काईली भाउजु, भान्साघरमा भात पकाउदै थिईन । नानिहरु दशै आए झै नया लुगा लगाएर, आगनमा खेल्दै थिए । अनि मैले मेरो कालेको तीन ठाउमा टालेको लुगा सम्झे । भाउजुले भन्नु भयो - अहो कता हिडेको कालेको बुबा एका बिहानै ? दाईलाई भेटौ भनेर आएको नि टाउको कन्याउदै, मैले पनि जवाफ दिए । काईला दाई पनि आई पुगे र बस्दै सोधे – के बिचार गर्यो त ? प्रतिउतरमा आफ्नो स्थिति अवगत गराए । यस्तै गन्थनमा उनले जति कमाई हल्छौ नि, भन्ने प्रलोभन देखाए र आफ्नो घर, बारि बन्धक राखेर बिदेश, जाने सल्लाहा दिए । मलाई पनि मुनासिव नै लाग्यो । दाईको सल्लाहा, जे भए पनि विदेश बसेर आएको मान्छे । फेरि मेरो मन ढकमक्क फुल्यो । मेरो शरीरमा उर्जा आयो । अब त साहुसग ऋण लिको एक महिना बितिस्कयो तर आजभोलि भन्दै दिनहरु चिप्लन थाले । तर मेरो विदेश लाग्ने दिन आएन । साहुको ऋण ले व्याज बढाउदै थियो । बल्ल तल्लो घरे काईलाले बेलुकी पख सबै कुरा मिल्यो, भोलि तिमी हिडनु पर्छ, भनेर गए बल्ल मलाई ढुक्क भयो । बिहानको झिसमिसेमै कालेकी आमाले उठाईन् र म तयार भए विदेश जान उनले मलिन अनुहार लगाईन । काले पनि उठेछ, म सग लुटुपुटु गर्न् थाल्यो । कालेको आमाको आखा रसाए आशुले, अनि बग्न थाले आशुहरु, मेरो मन पनि भारी भयो । काले पनि रुन थाल्यो । म बाटो लागे तल्लो घरे काईलाको पछि लुरुलुरु पल्लो डाडामा पुगेर घर तिर हेरेको त मधुरो आकृति देखिदै थियो । कालेको आमाको ! विरानो ठाउ, नया परिवेश अनि हजारौ सपनाहरुको तानाबुना बुन्दै म विदेश लागे । आफ्नो प्राण प्यरीलाई धेरै पैसा कमाएर ल्याउने र आफ्नो छोराको उज्वल भविष्यको अनेकौ सपना देख्दै..................!


गन्तव्यमा मध्यरातमा पुगे, दिनमा झै रात पनि शहरको झिलमिलमा धप्कै बलेको थियो । म अब मलाई लिन आउने कम्पनिको गाडीमा रकेटको रफ्तारमा मेरो कम्पनीको ठेगाना तिर लाग्दै थिए । सबै सुति सकेका रहेछन् । बिहान हल्लाखल्ला भयो । सबै साथीहरु उठी सकेका रहेछन् । साथीहरुले प्रश्नको बषा गराए । बल्ल, उनिहरु बाट थाहा पाए । तल्लो घरे काईला ले यथर्थलाई गर्भ भित्र लुकएर, मलाई सपनाको सन्सारमा भुलएर, लुट्ने काम गरे छ । आफ्नै पैसा उठाउन बषौ लाग्ने रहेछ । अझ साहुको ऋण ? हो रहेछ ऋणले ऋण र धनले धन कमाउने रहेछ । मेरो जोस र जागरहरु पुन मर्न थाले । नफक्री नै, बोटमा, आफैले रोपेको सपनाको फुलवारीमा तुषारोपात भयो । मेरो आँखा अगाडी नाच्न थाल्यो दृष्यहरु कालेकी आमा अनि कालेलाई........ ! साहु अनि निर्दयी तल्लो घरे काईला.........!

0 तपाईंको बिचार लेख्नुस ।:

Post a Comment

सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।

 
◄Design by Pocket