नेपाली ब्लगरको लागी ब्लग मन्त्रको एक मात्र भन्डार, खोजे जस्तो रोजे जस्तो मन्त्रहरु बिचराहरुको साझा चौतारी

समाजसेवी मोडल

Sunday, March 20, 2011

उनी १७ मा हिँड्दै थिइन्। अंग्रेजीमा भन्दा 'टिन एज' पार गर्न दुई वर्ष बाँकी थियो। उनी त्यसबेला 'लौ मार्‍यो' भन्ने टेलिशृंखलामा काम गर्थिन्। उनको कोठामा एउटा हृदयरोगीलाई लिएर आइयो। उनको मुटुको एउटा भल्भ बन्द भएको रहेछ। वास्तवमा ईशा केसीको समाजसेवा यहीँबाट सुरु हुन्छ। उनले त्यस रोगीका लागि अनेकौँ ठाउँमा टोकरी थाप्दै हिँडिन्, मञ्चमा कार्यक्रम गरनि्, भाषण गरनि्। र भनिन्, "तपाईंहरूले गर्ने सानो सहयोगले कसैको जीवन बाँच्छ, कृपया सहयोग गरििदनुहोस्।" यसरी उनले दुई लाख रुपियाँ संकलन गरनि् र पुगिन्, गंगालाल हृदय केन्द्र, बाँसबारी। त्यहाँ पनि उनले डा भगवान कोइरालासँग अनुरोध गरनि्। डा कोइरालाले उनको भावना बुझे र एक लाख रुपियाँ छुट गराइदिए। ती मुटुरोगीको शल्यक्रिया भयो र जाती भएर घर फर्के।

"यस अभियानमा लाग्दा मैले धेरै राम्रा नराम्रा मानिसहरू चिनेँ र ममा एउटा आत्मविश्वास भयो, लाग्यो भने गर्न नसकिने केही छैन।" यी सारा कुराहरूको गहिरो समीक्षा गरेपछि उनी एउटा विद्यालय खडा गर्नुपर्ने निर्णयमा पुगिन्। उनले चिनेका गलैँचा, गार्मेन्टका कामदारहरूका छोराछोरी पढ्न नपाएर शिक्षाको उज्यालो घामबाट अँध्यारो राततिर धकेलिँदै थिए। अनि 'जे आइपर्छ सामना गरौँला' भन्ने हिम्मत यो १७ वषर्या ठिटीलाई कहाँबाट जागृत भयो, भयो। उनी गलैँचा मजदुर संघकी कोषाध्यक्ष पनि थिइन्। अनि, उनले यी मजदुरहरूका सन्तान पढ्ने विद्यालय बनाउनैपर्छ भन्ने प्रस्ताव राखिन्। प्रस्ताव त स्वीकृत भयो तर यसको जिम्मेवारी पनि उनकै काँधमा आइलाग्यो। यसका लागि दसौँ ठाउँमा हारगुहार मागिन्, चन्दा उठाइन्, राजनीतिज्ञहरूकामा धाइन्। कमल थापा र कमल चौलागाईंले उनलाई भोलि नै विद्यालय खडा गरििदने आश्वासन दिए। तर, यो आश्वासन पनि नेताले आमजनतालाई दिने आश्वासनजस्तै झूटो ठहरयि। यी दुवै कमलका गोजीबाट सुको दाम निस्केन।

तर पनि ईशा र उनका साथीहरूको हिम्मत सेलाएन। उनीहरूले राजा ज्ञानेन्द्रको शासनकालमा मन्त्री भएकी दुर्गा पोखरेललाई प्रमुख अतिथि बनाएर काठमाडौँको अत्तरखेलमा श्रमज्योति सामुदायिक विद्यालयको शिलान्यास गराए। "यति सानी किशोरीले यति महत्त्वपूर्ण काम गरेकामा मलाई आफू महिला भएकामा गर्व लागेको छ," पूर्व भइसकेकी मन्त्री पोखरेलले ईशातिर इसारा गर्दै भनिन्, "यस विद्यालयलाई जति पनि पुस्तक चाहिन्छ, त्यसको व्यवस्था म गरििदन्छु।" ईशा पाँच वर्षअघिको घटनाको पेटारो खोल्दै भन्छिन्, "आखिर ती दिदीले पनि धोका नै दिइन्, पुस्तक दिइनन्।" ईशा कैयौँपल्ट उनको ढोकामा पुगिन् तर भित्र छिर्न नपाएर फर्किन्, पटकपटक। भन्छिन्, "त्यसैले सातामा एकपल्ट उहाँले आश्वासन दिएको भाषणको सीडी हेर्छु र चित्त बुझाउँछु।"

उनले धेरै पढ्न पाइनन्। धनगढीबाट राजधानी आउनेबित्तिकै अरूको घरमा ज्यालादारीमा काम गरनि्। गरबिी र पढ्न नपाउनुको जुन पीडा उनको मनमा थियो, यसैले उनलाई विद्यालय खोल्न प्रेरति गर्‍यो।

पेसाले उनी अभिनेत्री र मोडल हुन्। केही म्युजिक भिडियोमा उनले मोडलिङ् गरेकी छन्। सानो पर्दाको लौ मार्‍यो, झ्याइँकुटी झ्याइँ र ठूलो पर्दाका किसान, तिमी मेरो म तिम्रो सिनेमाब्ााट अनुभव बटुलिसकेकी यी किशोरी आफ्ना प्रदर्शोन्मुख पर्खी बस हैलगायत एक-दुई सिनेमाले अभिनेत्रीको भविष्य निर्माण गर्नेमा विश्वस्त छन्।

ईशा केसी आफूले कमाएको खुद्राखुद्री पैसा पनि विद्यालयमै खर्च गर्छिन्। श्रमज्योति सामुदायिक विद्यालयमा पाँच जना शिक्षक छन्, पाँच सय विद्यार्थी छन्। विद्यार्थीबाट भर्ना शुल्कबाहेक केही लिइँदैन। यसले शिक्षकहरूको केही महिनाको तलब पनि दिन पुग्दैन। त्यसमाथि विद्यालयले विद्यार्थीलाई पोसाकदेखि कलम-कापीसमेत निःशुल्क दिने गर्छ। यस विद्यालयले स्तरीय शिक्षा प्रदान गर्छ। "तर, हरेक महिना शिक्षकलाई तलब ख्वाउने घडी घाँटीमा हड्डी अड्किएको अनुभव गर्छु," उनी हर्बो इन्टरनेसनलमा काम गर्छिन्। त्यहाँबाट आउने रकममध्ये केही पैसा पनि विद्यालयलाई नै दिन्छिन्। एकपटक उनको घाँटीमा यस्तै हड्डी अड्कियो। जग्गाधनी कृपालु थिए तर यसरी सधैँ उधारो व्यापार कति दिन पर्खिने! जग्गाधनीले भनेछन्, 'अब तिमीहरूको स्कुल चल्ने छाँट देख्दिनँ, जग्गा खाली गर!' अनि, उनी आफ्नो घाँटीमा अड्केको यो ठूलो हड्डी निकाल्न हर्बोका विनोद मानन्धरसँग बिन्तीभाउ गर्न पुगिन्। विनोदले केही नभनी दुई लाख रुपियाँ थपक्क उनको हातमा राखिदिए र बल्ल गर्जो टर्‍यो।

यस्ता घटनाहरू अब त ईशाका दिनचर्या भइसके। उनी उठ्नेबित्तिकै आज विद्यालयका लागि के गर्ने भनेर सोच्छिन् र हर्बोतिर लाग्छिन्। अनि, मोडलिङ्का लागि सानोतिनो काम पाइहालिन्छ कि भनेर सानो स्कुटी चढेर निस्िकन्छिन्। भन्छिन्, "मेरो जिन्दगीको लक्ष्य अब दुइटा कुरामा अडेको छ, श्रमज्योति सामुदायिक विद्यालय र अभिनय।"
                                                                                                                                        श्रोत : नेपाल पत्रीका

0 तपाईंको बिचार लेख्नुस ।:

Post a Comment

सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।

 
◄Design by Pocket