नेपाली ब्लगरको लागी ब्लग मन्त्रको एक मात्र भन्डार, खोजे जस्तो रोजे जस्तो मन्त्रहरु बिचराहरुको साझा चौतारी

मौनतमा
कविता

Tuesday, March 22, 2011

[१]
मौनतमा के लेखु जीवनको घाऊ हरु
वेदनामा के हासु आशु लुकाइ हासोहरु
छाडी दिन्छु आशुहरु जता वगी हिंडे पनी
सम्हाल्ने छु मनहरु भेल जती आए पनी
मनको बाध वाध्ने छु ध्र्य॔ताको चपरिले
मुटुमा छुरा रोपी हास्ने छु लुकाइ आशु

[२]
तिमी प्रतीक्षा गर या नगर
मलाई त तिम्रो मौनता पनि, त्यती नै प्यारो छ
तिमीलाई पाउ या नपाउ
तिम्रो याद पनि, तिमी जती नै प्यारो छ

[३]
म बाट उनी भईन, उनी बाट हामी
हामी दुईको प्रेम बस्यो, जीवन काटौ भनी
फूल पनि फूल्दै थियो, आँगन ढक्कमक्क
तुषारोपात भो जिवनमा, उनले डेरा सारी

[४]
मन पराए तिमीलाई, मैले भूल के गरे
मुटु दिए तिमीलाई, तिरस्कर पो पाए
खुशी देखु तिमीलाई, जहाँ गए पनि
मेरो माया तिमीलाई, जहाँ भए पनि

[५]
कुनै याद
कुनै बात
कुनै राज
हो तिमी

मेरो शान
मेरो सपना
मेरो आशा
हो तिमी

नजरको नजिक छैनौ ठिकै छ
हो मेरो मुटुको नजिक छौ तिमी

0 तपाईंको बिचार लेख्नुस ।:

Post a Comment

सम्पूर्ण मित्रहरुले, प्रतिकृया लेख्न नभुल्नु होला ।

 
◄Design by Pocket